
ग्ल्यामर नेपाल, काठमाडौं । झण्डै ३३ वर्ष अघि बलिउड फिल्म ‘एक दुजेके लिए’मार्फत अभिनयमा डेब्यु गरेकी चर्चित नेपाली कलाकार सुनिल थापा ‘राते काइला’ पुनः बलिउडमा देखिएका छन् । पहिलो फिल्मपछि ‘मानव हत्या’, ‘आजकी आवाज’ र ‘मसल’ हुँदै फिल्म ‘चिनो’ मार्फत नेपाली रजतपटमा छिरेका सुनिलले केही समय अघि बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जयलिला बंसालीको फिल्म ‘मेरी कोम’मा अभिनय गरेका छन् ।
केही दिन अघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा सुनिललाई बलिउड देशी गर्ल प्रियंका चोपडाको बक्सिङका रुपमा प्रस्तुत गरिएको छ । यो फिल्मको सुटिङका लागि मुम्बईमा रहँदा उनको भूमिकाका बारेमा गाइँगुई हल्ला चले पनि फिल्मको ट्रेलर सार्वजनिक भएपछि मात्र यो कुराको पुष्टि भएको हो । फिल्मका निर्देशक ओमंग कुमार हुन् ।
भन्सालीले निर्माण गरेको फिल्मको ट्रेलरका अधिकांश दृश्यमा प्रियंका र सुनिललाई देख्न सकिन्छ । ट्रेलरमा सुनिलको भ्वाइस ओभर सुन्न सकिन्छ । स्रोतका अनुसार सुनिल प्रति बलिउडका अन्य निर्माताहरुले पनि कामको इच्छा देखाएका छन्।


