उत्सव ट्रेलर सार्वजनिक


Utsav-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । आठ वर्ष अघि फिल्म ‘मुग्लान’ बनाएका निर्माता शेखर कोइराला छोरा सञ्जोगको साथमा फिल्म ‘उत्सव’लिएर आगामी भदौ १३ गते दर्शकमाझ आउने भएका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्न बिहिबार राजधानीमा आयोजित कार्यक्रममा निर्माता कोइरालाले दर्शकको स्वाद अनुसार फिल्म निर्माणमा हरेक बर्ष उत्रिने भन्दै फिल्म निर्माणमा छोरा सञ्जोगले सघाउने घोषणा गरे ।

‘लामो समयपछि फिल्म निर्माणमा आएको छु, मेरा अघिका फिल्म जस्तै यो फिल्मलाई पनि दर्शकले मनपराइदिनु हुनेछ भन्नेमा म विश्वस्त छु,’शेखरले भने,‘यो फिल्म बनाउन मलाई छोरा सञ्जोगले ठूलो सहयोग गरेको छ, यो मेरा लागि पुस्तान्तरणको पनि एउटा प्रक्रिया हो जस्तो लागेको छ।’ कार्यक्रममा दिइएको जानकारी अनुसार छोरा संञ्जोग र बाबु शेखरले हरेक बर्ष दुई फ्लेवरका फिल्मलाई निर्माण गर्नेछन् । फिल्म ‘उत्सव’मा शेखरपुत्र सञ्जोगबाहेक गौरव पहाडी, सन्दिप क्षेत्री, प्रकृति श्रेष्ठ, सौगात मल्ल र मेनुका थापाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्मका लेखक तथा निर्देशक कुमार भट्टराई हुन् । कार्यक्रममा निर्माता कोइरालाले अर्को अनटाइटल प्रोजेक्टका लागि निर्देशक रञ्जित रानालाई अनुबन्ध गरेको जानकारी दिए।

जावेद अख्तर कार्यकारी निर्माता रहेको फिल्मले पूर्ण रुपमा युवाको सम्बन्ध र प्रेमलाई प्रस्तुत गरेको छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुरेश राईको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

nepali-movie-utsav-motion-poster

SUBSCRIBE 👉