स्टुपिड मन ‘यू’, सेफ लेण्डिङ ‘पिजी’


Stupid-Man
ग्ल्यामर नेपाल, काठमाडौं । थाइल्याण्डका विभिन्न सुन्दर स्थानमा छायांकन गरिएको फिल्म ‘स्टुपिड मन’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट(यू) पाएको छ । आगामी भदौ २० गते प्रदर्शनमा आउने फिल्मको एउटा संवादको शब्दमा ‘म्युट’ मात्र लगाइएको निर्माण पक्षले जनाएको छ । यो फिल्म अब हरेक उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।

दिवाकर भट्टराईको निर्देशन र अभिनेता निरज बराल तथा विवेक शाहीले निर्माण गरेको फिल्ममा जीवन लुइँटेल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ, मार्टिन खानलगायतको अभिनय रहेको छ । पूर्ण प्रेमकथाको फिल्मका लेखक पत्रकार सामिप्य तिमिल्सिना हुन् । हाल अमेरिकामा प्रिमियरको तयारी भइरहेको फिल्मको ‘तिम्रो आँखा’ बोलको गीत निकै चर्चित बनेको छ । फिल्मका छाँयाकार सञ्जय लामा हुन् ।

Safe-Landing
निरज नै अभिनित अर्को फिल्म ‘सेफ ल्याण्डिङ’ले सेन्सर बोर्डबाट २६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथ हेर्नै पर्ने गरी ‘पिजी’ सर्टिफिकेट पाएको छ । सन्दीप जोसेफले निर्देशन गरेको फिल्मले लागुपदार्थको कथालाई प्रस्तुत गरेको छ । बसन्त भण्डारी निर्माता रहेको फिल्ममा झरना बज्राचार्य, सुशिलराज पाण्डे, रवि गिरी, विजय देउजा, शिखा शाहीलगायतले अभिनय गरेका छन् । यो फिल्म अगस्ट ९, १० र ११ मा अष्ट्रेलियाको सिड्नीमा प्रिमियर हुँदैछ । अगस्ट १७ मा न्यूजिल्याण्डमा पनि प्रिमियर हुने फिल्म नेपालमा मंसीर १९ मा रिलिज हुनेछ ।

SUBSCRIBE 👉