
ग्ल्यामर नेपाल, काठमाडौं । छविराज प्रोडक्सनको व्यानरमा निर्मित दोस्रो फिल्म ‘लज्जा’को पहिलो गीत ‘के भयो भयो’ सार्वजनिक भएको छ । गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेललाई देख्न सकिन्छ। यसै फिल्ममार्फत शिल्पा रजतपटमा ‘डेब्यु’ गरेकी हुन् ।
गीतमा आर्यन र शिल्पा पानीमा भिज्दै रोमान्टिक बनिरहेको हेर्न सकिन्छ । फिल्मका निर्देशक नवल नेपाल हुन् । चेतन सापकोटाको संगीत र किरण खरेलको शब्द रहेको गीतमा राज सिग्देलको स्वर रहेको छ । दिजेन्द्र शाक्य निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी र मदनकाश्यप घिमिरेको छायांकन छ । सफल निर्माता छविराज ओझा कार्यकारी निर्माता रहेको फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
