चलचित्र पत्रकार संघलाई सघाउँदै माई प्रमिस


Keki-Adhikari
ग्ल्यामर नेपाल, काठमाडौं । रिलिजको पखाईमा रहेको फिल्म ‘माई प्रमिस’को एक टोली प्रचारप्रसारका पब्लिसिटीको क्रममा मोफसलका विभिन्न शहरमा पुगेको टोलीले चितनवमा च्यारिटी शो गर्ने भएको छ । चलचित्र पत्रकार संघ चितवनको सहयोगार्थ आगामी भदौ १३ गते शुक्रबार फिल्मको च्यारिटी शो गरिन लागिएको हो । हरितालिका तीजको अवसरमा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गणेश चित्र मन्दिर नारायणगढमा फिल्म देखाइनेछ ।

फिल्मको निर्माता तथा नायक रमेशचन्द्र राईका अनुसार च्यारिटी शो बाट उठेको सम्पुर्ण रकम चलचित्र पत्रकार संघ चितवनलाई सहयोगस्वरुप प्रदान गरिनेछ । आफुहरुको रिलिजपुर्व नै फिल्मको विभिन्न शहरहरुमा च्यारिट शो गर्ने लक्ष्य रहेकोले पनि संघको सहयोगार्थ चितवनमा च्यारिटी गरिन लागेको उनले बताए ।

टीआरएनजी प्रोडक्सनको प्रस्तुतीमा निर्मित फिल्मलाई निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा रमेशचन्द्र राई, नरकुमार लिम्बु, केकी अधिकारी, विल्सनबिक्रम राई, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ । विदेशमा रहने नेपाली लाहुरेहरुको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिइसकेको छ । फिल्म भने तिहार पछि रिलिज हुँदैछ ।

SUBSCRIBE 👉