क्रिटिकल केयरलाई पुन्टे परेडको च्यारिटी शो


Punte-Pared
ग्ल्यामर नेपाल, काठमाडौं । क्रिटिकल केयर डेभ्लपमेन्ट फाउण्डेसनको सहयोगार्थ फिल्म ‘पुन्टे परेड’को च्यारिटी शो गरिएको छ । आगामी भदौ २७ गते रिलिज हुने फिल्मका निर्देशक सुवास कोइराला हुन् ।

हरि महतले लगानी गरेको फिल्ममा संयम पुरी, एञ्जिला दाहाल, नाजिर हुसेनलगायतको प्रमुख भूमिकामा अभिनय रहेको छ। फिल्ममा पुन्टे बनेका संयमले सुस्त मनस्थिति किसिमको भूमिका निर्वाह गरेका छन् । जो हरेक काम यस्तो गर्न पाए हुन्थ्यो भनेर सम्झिने गर्दछन् ।

फिल्ममा नायिका प्रियंका कार्कीलाई विशेष भूमिकामा प्रस्तुत गरे पनि फिल्मका धेरै दृश्यमा उनलाई देख्न सकिन्छ । सान बस्नेतले लेखेको फिल्ममा ताराप्रकाश लिम्बु र टेकेनन्द लामाको संगीत र बाबु थापाको छायांकन रहेको छ ।

SUBSCRIBE 👉