मधुसूदनको नयाँ फिल्मकालागी साक्षी लम्साल फाइनल

पारिवारिक र प्रेमकथामा बन्ने फिल्मकालागी साक्षी लम्साल फाइनल भएकी छन्। मधुसूदन भट्टराईको निर्देशन रहने फिल्मको नाम भने अहिले खुलाईएको छैन।


मधुसूदन भट्टराईको निर्देशन रहने नयाँ फिल्मको नायिकामा साक्षी लम्साल फाइनल भएकी छन्। फिल्मका लागि निर्माणपक्षले साक्षीसँग आइतबार सम्झौता गरेको छ। यो फिल्मका लागि अभिनेताद्वय आर्यन सिग्देल र मुकुन भुसाल छनौट भैईसकेका छन्। फिल्मकालागीअझै एक अभिनेत्री छान्न बाँकी रहेको बताईएको छ।

यो फिल्म जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने लागेको हो। फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ। छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवन कुमार काफ्ले निर्माता रहेको फिल्मको छायाङ्कन फागुनको पहिलो साताबाट हुनेछ। नाम तय नभैसकेको फिल्मको कथा पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन्।