बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’


हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण भएको फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायाँकन गरिएको हो। यो फिल्म नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।

देवजङ्ग थापाले निर्देशन गरेको यो फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामाले लगानी गरेका हुन्।

फिल्म छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका हुन्। फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ। फिल्ममा तारा थापा किम्भेको सम्पादन, संजिव सुब्बाको पार्श्व संगीत, लिगेश भट्टराइ र रमेश बुढाथोकीको कोरियोग्राफी रहेको छ।

SUBSCRIBE 👉