केहि दिन अघि मात्रै आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका निर्देशक दीपेन्द्र लामा नयाँ फिल्मकालागी निर्देशकको रुपमा अनुबन्धित भएका छन्। हरि मल्ल ठकुरीले निर्माण गर्न लागेको अनटाईटल फिल्ममा लामा अनुबन्धित भएका हुन्।
यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन्। समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राबिधिक चयन कार्य केही समयमै गरिने बताइएको छ।
केही दिन अघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए। हिमाल शर्माले निर्माण गर्ने फिल्मको सुटिङ चैत्र महिना बाट हुदैछ। ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने लामाले बताएका छन्।
‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका लामाले घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्।