अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ मा समीर घिसिङ्ग [भिटेन] को गीत


अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘२.० छड्के’ कालागी चर्चित र्यापर समीर घिसिङ्ग – भिटेनले गीत रेकर्ड गरेका छन्। काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा शब्द तथा संगीत पनि भिटेन स्वयंमकै रहेको छ।

कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत फिल्ममा समावेश गरेको फिल्म निर्माता प्रशान्त गिरीले बताए। यो फिल्मको पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ।

ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, देवु श्रेष्ठ, निगम श्रेष्ठ, इआन क्लाइमेंट, रेशा आले मगर मुख्य भूमिकामा छन्। यो फिल्मको छायाँकन चितवन र मनाङमा गरिएको छ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्। आगामी फागुन १९ गते (मार्च ५ )बाट यो फिल्म रिलिज हुदैँछ।

Anmol KC starrer 2.0 Chhadke: The Highly-Anticipated Gangster Film Set to Make a Splash in Japan

Experience the Excitement of 2.0 Chhadke, Set to Hit Theaters in March

SUBSCRIBE 👉