‘मिष्टर ग्लोवल’ मा ‘मिष्टर नेपाल’ विजेता नूतन श्रेष्ठ


‘मिष्टर नेपाल २०२२’ का विजेता नूतन श्रेष्ठले ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाउन लागेको हो।

अगामी फेब्रुअरी २ देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन्। करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौदर्य प्रतियोगीता मान्निछ।

‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो। २६ बर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाईपछि पार्दै उपाधि चुमेका थिए।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए। उनले भने – ‘उपाधिको अलवा नेपाली कलासंस्कृति, प्रर्यटन प्रवर्धन समेत प्रतियोगीतामा गर्नेछु।’

SUBSCRIBE 👉