अष्ट्रेलियाको आठ सहरमा ‘नेपथ्य’ को कन्सर्ट हुने


चर्चित लोकरक ब्याण्ड ‘नेपथ्य’ले अष्ट्रेलियाका आठ सहरमा सांगीतिक प्रस्तुति दिने भएको छ। नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी सांगीतिक यात्रा गरेको थियो। ‘मानवताका लागि संगीत’ सांगीतिक अभियान यात्रामा ‘मानवसेवा आश्रम’सँगको सहकार्य सहित सातै प्रदेशका १० सहरमा ब्याण्डले कार्यक्रम गरेको थियो।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट सुरु हुनेछ। त्यसपछि एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी, मेलबर्न र होबार्ट सहरमा कार्यक्रम हुनेछ।

अस्ट्रेलिया यात्राको लागि ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दैछ। पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ।

अमृतलाई यो यात्रामा पनि सधैंजस्तै ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

SUBSCRIBE 👉