तिन ग्यांगको द्वन्द्व: अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’को टिजर


अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘२.० छड्के’को टिजर रिलिज भएको छ। १ मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनले भरिपुर्ण छ।टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ। यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा हो ।

हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ। ग्रीन ग्याङका लिडर अनमोल ‘मेनडग’ चरित्रमा देखिएका छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, ईअन क्लाईमेंट, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारी लगायत कलाकारको अभिनय छ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको संयुक्त लागनी रहेको फिल्म काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। कार्यकारी निर्मातामा लक्ष्मण काफ्ले पनि छन्।मास्को सिंह र राजेन्द्र सापकोटाले छायांकन गरेको फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्म रिलिज मितिलाई भ्यागुता कराउने दिन भनेर टिजरमा उल्लेख गरिएको छ। यहि मितिमा दीपकराज गिरीको ‘छक्का पन्जा ४’ पनि प्रदर्शन हुनेछ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.