वैशाख १ मा दयाहाङ राई र प्रकृति श्रेष्ठको ‘बिहे पास’


दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ। सामाजिक कथानक फिल्मका रुपमा बताइदै आइएको ‘बिहे पास’ प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । आरआर फिल्मस्ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो।

शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत यो फिल्ममा अभिनय छ।रोजन श्रेष्ठ निर्माता, रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण प्राखीन रहेका छन्। मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र संवाद आकाश बराल र सजन काफ्लेले संयुक्त रुपमा लेखेका हुन्। शिव ढकालको छायाँकन रहेको विवाहको कथामाथि बनेको यस चलचित्रलाई मित्र देव गुरुङले सम्पादन गर्नेछन्। फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ।

दयाहाङ राई र प्रकृति पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा यो चलचित्रको पर्खाइ छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.