तीज गीतमा सुमिना र गरिमाको रिस (भिडियो)


Rang-Baijani
ग्ल्यामर नेपाल, काठमाडौं । १२ वर्ष पछि निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानको फिल्म ‘रंग बैजनी’को तीज गीत सार्वजनिक भएको छ । ‘छड्के पोते रातो साडी’ बोलको गीतमा गरिमा पन्त र सुमिना घिमिरेलाई हेर्न सकिन्छ । गीतमा सुमिना र गरिमाको नृत्य प्रतिष्पर्धा देखिएको छ ।

यादव खरेलको शब्द र दीप प्रधानको संगीतमा बनेको गीतमा सुम्निमा सिंह र प्रविशा अधिकारीको स्वर रहेको छ । सुमिना र गरिमालाई कोरियोग्राफर बसन्त श्रेष्ठले नँचाएका छन् । फिल्ममा दीक्पाल कार्कीले पनि अभिनय गरेका छन् । घरमा श्रीमति हुँदाहुँदै बाहिर अर्को युवतीसँग प्रेम गरेपछि आउने पारिवारिक समस्यालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

एउटा पुरुषको लागि ब्रत बस्ने दुई महिलाले गीतमार्फत सुखदुःखको पीडा बोलेका छन् । फिल्ममा गरिमा र सुमिनाको अन्तरद्वन्द्वलाई चित्रण गरिएको छ । लामो समयपछि फिल्म निर्देशनमा आएका निर्देशन प्रधानले फिल्मले समाजका सबै पक्षलाई समेटेको दाबी गरे । नूतन प्रधानको कथा एवं निर्माणमा बनेको फिल्ममा अर्जुन श्रेष्ठ, प्रकाश अधिकारी र जेएन घिमिरेलगायतले अभिनय गरेका छन् । यसै फिल्ममार्फत शम्भुका छोरा संशांक प्रधान सिनेमाटोग्राफरका रुपमा नेपाली रजतपटमा डेब्यु गरेका छन् भने फिल्मका संगीतकार दीप प्रधान पनि यसै फिल्ममार्फत संगीतकारका रुपमा डेब्यु गरेका छन्। दीप बलिउडका चर्चित सिनेमाटोग्राफर विनोद प्रधानका छोरा हुन् । फिल्ममा सञ्चारकर्मी प्रणव सुवेदीको मुख्य सहायक निर्देशन रहेको छ भने फिल्म डिसेम्बर १२ तारिखमा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉