फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज


शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज भएको छ। गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ।

वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्ध जस्ता पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको गीतको भिडियोमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ। गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ।

भिडियोमा अधिकांश दृश्यमा मठमन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ। शुभेक्षा र अरुणलाई फिल्मका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा–आँखाको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन्।

फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन्। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ।

त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन्। सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(WICA)को डीओपी छ।

चैत १७ गते अर्थात मार्च ३१बाट रिलिज हुने फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.