प्रचारमा जुट्यो शीशा, रामलीलाको घोषणा


Shisha
ग्ल्यामर नेपाल, काठमाडौं । ननस्टप क्रिएसन प्रा.लि.को व्यानरमा निर्माण गरिएको फिल्म ‘शीशा’ले प्रदर्शनमा आउनु हप्ता दिन अगाडिबाट प्रचारप्रसार अभियानलाई तिब्रता दिएको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी साउन २३ गतेबाट रिलिज हुने फिल्म हेरिदिन आम दर्शकलाई आग्रह गरेको छ ।

फिल्मका निर्माता तथा निर्देशक आरबीके शरदले मान्छेको जीवन शीशा जस्तै हुने भन्दै फिल्मले मानवीय भावनालाई प्रस्तुत गरेको बताए । अभिनेता जीवन लुँइटेलले फिल्ममा आफुले सस्पेन्स किसिमको भूमिकामा अभिनय गरेकाले दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे । अभिनेत्री शर्मिला मल्लले फिल्म पारिवारिक किसिमको भएकाले सबैले मनोरञ्जन लिने दाबी गरिन् ।

IMG_1512

मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल र विराट थापाले निर्माण गरेको फिल्म नेपाल र सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको छ । रागिनी खड्गी, उमा बेवी, शर्मिला मल्ल, निर्मल सेञ्चुरी, दिपेश भण्डारी, बीएस राणा, श्रेया दुलाल र नीता पोखरेलको अभिनय रहेको फिल्ममा भारतीय पूर्व फूटबल भाइचुङ भुटियालाई विशेष भूमिकामा देखिनेछ ।

IMG_1524

फिल्ममा लक्की सिटौला र मनोज सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य तथा रामकुमार केसी र कुमार बखतीको छायांकन रहेको छ । कार्यक्रममा नयाँ फिल्म ‘रामलीला’को पनि घोषणा गरियो । जसमा जीवन लुँइटेल र वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्नेछन् भने निर्देशन आरबीके शरदले नै गर्नेछन् । फिल्मको अन्य विषयमा चाँडै नै घोषणा गरिने निर्देशक शरदले बताए ।

SUBSCRIBE 👉