एकसाथ १५ तिज गीति एल्बम सार्वजनिक


Album-Bimochan
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर सिर्जना गरिएका विभिन्न कलाकारका १५ वटा गितीसंग्रह एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आचार्यलगायत वरिष्ठ महिला कलाकारले एल्बम सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा गायिका सिन्धु मल्लको ‘मै राम्री भा छु रे’, टिका पुनको ‘हाम्रो बाबाले दिएको दाईजो’, मन्जु पौडेलको ‘झल्को माईतीको’, झलक संगीतम्को ‘बैशले घुमायो’, आशा लामाको ‘मै कस्ती भाकि छु’, जानकी तारमी मगरको ‘साइकल किन्न जाम’, निता पुनमगरको ‘बाबाको आगनी’, चन्दा अर्यालको ‘मेरो लचक्कै कम्मर’, उमा श्रेष्ठको ‘मोबाईलको ब्याट्री लो’, लक्ष्मी ढकालको ‘सानुमाया’, सिर्जु अधिकारीको ‘गाँउले जीवन’, अप्सरा गुरुङको ‘सोह्रबर्षे जवानी’, भिमा सुवेदी र युनाज क्रियशनको ‘हावा सरर’, अमृत सागरको ‘हाम्रा बाउका ज्वाँइले’ र दिपेश थापाको ‘दिपसना’ तिज भीसीडी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मन्त्री आर्चायले नेपालका मौलिक गीत संरक्षणका लागि सचेत कलाकारहरुले ध्यान पु¥याउनुपर्ने बताए । पछिल्लो समय वास्तविक रुपमा पछि परेका महिलाहरुको आवाज प्रतिनिधित्व गर्ने खालका तिजका लोकगीत हराउदै गएकोमा चिन्ता ब्यक्त गर्दै उनले शहर केन्द्रीत भन्दा गाँउको भावनासमेत गीतमा समेट्न कलाकारलाई आग्रह गरे । वरिष्ठ संस्कृतिकर्मी बुलु मुकारुङले संस्कृति संरक्षणका लागि कलाकार स्वयम सक्रिय हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ लोकगायिका चन्द्रकला शाह, तिर्थकुमारी थापा, विमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, गायिका तथा सञ्चारकर्मी कोमल वली, उमा गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले विमोचित गिती संग्रहका संर्जकलाई सफलताको शुभकामना दिएका थिए ।

SUBSCRIBE 👉