ग्ल्यामर नेपाल, काठमाडौं । जर्मनीको ह्याम्बर्गमा गत जुलाई २७ मा अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको दोस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा प्रमुखअतिथि अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपका महासचिव दयाराम पौड्याल रहेका थिए भने गैर आवासीय नेपाली संघ आईसीसी जर्मनीका सदस्य दावा शेर्पा, गैर आवासीय नेपाली संघ जर्मनीकी उपाध्यक्ष तारा थापा, गैर आवासीय नेपाली संघ जर्मनीका महासचिव प्रेम पोमु अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीका सल्लाहकार मिलन पन्त रहेका थिए ।
कार्यक्रममा दावा शेर्पाले अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले छोटो समयमा गरेका राम्रा कामहरु र समाजसेवाबारे आफु अत्याधिक प्रभावित भएको भन्दै आगामी बन्न लागेको नयाँ कार्यसमितिको सफलताको शुभकामनाका साथै पहिलो २ वर्षे सफल कार्यकाल समाप्त गरेर समाजमा राम्रो उदाहरण प्रस्तुत गरेका संस्थापक अध्यक्ष लब थापालाई बधाई दिएका थिए । एनआरएनका महासचिव प्रेम पोमुले अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले गरेका थुप्रै सामाजिक कार्यहरु एरआरएन जर्मनीले सदैव प्रशंसनिय रहेको बारे जानकारी गराउदै विदेशी भूमिमा आफ्नो २ वर्षे कार्यकाललाई सफलतापूर्वक पुरा गर्दै नयाँ कार्यसमिति निर्माणमा अति नै निष्पक्ष भावना देखाएको प्रति धन्यवाद व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपका महासचिव दयाराम पौड्यालले अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले सामाजिक कार्यमा गरेको योगदान र कलाकार मञ्च जर्मनीद्वारा आयोजित नेपाली सांस्कृतिक कार्यक्रमहरु बिर्सन नसकिने भएको बताउदै पहिलो कार्यसमितिले कलाकार मञ्चको नाम उच्च राख्न गरेको मिहिनेतको प्रशंसा गरेका थिए ।
साधारण सभाको बन्दसत्रमा अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीका पदाधिकारीहरु र सल्लाहकारहरुद्वारा नयाँ कार्यसमितिको खाका तयारबारे छलफल गरिएको थियो । साधारण सभाले बेल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । समितिको संरक्षकमा लब थापा रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा चन्द्र श्रेष्ठ, उपाध्यक्षमा सुन्दर गुरुङ र लक्ष्मण जोशी, महासचिवमा विनोद सुवेदी, कोषाध्यक्षमा सचिन केसी, सचिवमा धनस्रोईटर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा निनाम्मा राई, तेजकुमार राई, सुनिल लामा, रविन भण्डारी, समिर मोक्तान, सञ्जय श्रेष्ठ, दिवेश श्रेष्ठ, काजी राना, सुमन रेग्मी, प्रदिप थापा, सुरेश क्षेत्री, मञ्जु गुरुङ, अनिता मानन्धर, ईशा पौड्याल सिंह, भावुक मैनाली, नोर्बु गुरुङ र तेजकुमार नेपाली रहेका छन् । समितिले वरिष्ठ सल्लाहकारमा दावा शेर्पा, सल्लाहकारमा मिलन पन्त, तारा थापा, प्रेम पोमु, विजय मोक्तान, यज्ञराज सुवेदी, पासाङ शेर्पा डेण्डी, विजय खड्का र सोनी तुलाचनलाई नियुक्त गरेको छ ।