संगीत पारखीमाझ गुञ्जिईन् देविका


Devika-Bandana
ग्ल्यामर नेपाल, काठमाडौं । झण्डै दुई दशकदेखि आधुनिक र फिल्मी पाश्र्व गायनमा सक्रिय गायिका देविका बन्दनाले शुक्रबार राजधानीको होटल ¥याडिसनमा आफ्ना दर्जन बढी गीतहरु सुनाउँदै दर्शकलाई मन्त्रमुग्ध पारेकी छन् । मन्त्र दिव्य इन्टरटेनमेन्टले आयोजना गरेको ‘मेलोडी नाइट विथ देविका बन्दना’मा देविकाले ‘बन्दना’बाट आफ्नो सांगीतिक प्रस्तुति शुरु गरेकी थिईन् ।

Devika-Bandana-1

मालिंगो सांगीतिक व्याण्डसँगको सहकार्यमा देविकाले ‘छोडेर गयौं’, ‘घरको जुन चाहिँदैन मलाई’, ‘बाँच्न पनि सारै रैछ’, ‘यी आँखामा उज्यालो कहाँ’, ‘यो माया के हो’, ‘यस्तै रहेछ यहाँको चलन’ जस्ता गीत गाउँदै दर्शकलाई मोहित पारिन् । एक वर्ष अघि बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीमा पहिलोपटक आफ्नो कार्यक्रम गरेकी हुन् । उनले चारवर्ष अघि पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझ गरेकी थिईन् ।

देविकाले विजेश पौडेलसँग ‘भरे आउँछु सपनीमा’, ‘तल तल बेसीमा मैच्याङ’ र केही मिक्स गीतमा युगल गायन गरेकी थिईन् भने छिरिङ भोटियाले ‘मलाई लुकीछिपी’, सुदेश शर्मासँग ‘मेरो माया साह«ै नै राम्री’ तथा विजेश र सुदेशसँग ‘अच्छा लेकिन’ गीतमा सहकार्य गरेकी थिईन् । उनले ‘लाइदेऊ लाइदेऊ’, ‘सुन सुन सनम’, ‘लुकी छिपी लुकि छिपी’ लगायतका गीत पनि सुनाएकी थिईन् । कार्यक्रमको व्यवस्थापन पार्टी फेष्टाले गरेको हो ।

SUBSCRIBE 👉