नेपाल आइडल सिजन २ विजेता रवि ओडले प्रहरी कार्यालयमा आत्मसर्मपण


वैवाहिक बलात्कार आरोप लागेपछि नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन्। उनले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गरेका रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। उनी बिरुद्ध श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिईन्। उजुरी दिँदा उनी कार्यक्रम प्रस्तुत गर्न बिदेश गएका थिए।

श्रीमतीले आफुलाई श्रीमान रबीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेर यातना दिएको भन्दै गत चैत २१ गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा ओडले नेपाल फर्केपछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएर अत्म समर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

SUBSCRIBE 👉