नेपहपको श्रीपेच – २ विजेतालाई १० लाख

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ। विजेताले १० लाख नगद र पविजेताले ५ लाख नगद पाउनेछन।


र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको छ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। प्रतियोगीले नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, ह्वाट्सएप र nephopkoshreepech@gmail.com इमेलमा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन्।

प्राप्त अडिसनमध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनका लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड र कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ।

शोको शीर्ष विजेताले १० लाख नगद, विश्व भ्रमणको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख रुपैंयाँ विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।

शोको पहिलो सिजनमा भाइबर सामइन विजेता भएका थिए। दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । शो निर्देशकमा निकेश खड्का रहनेछन्। अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन्।

निर्माता सुदीपका अनुसार शोको प्रसारण कान्तिपुर टेलिभिजन तथा डिजिटल पार्टनर ओएसआर डिजिटलबाट असार अन्तिम साता प्रसारण हुनेछ।

SUBSCRIBE 👉