अतित बने पहिलो मिष्टर तामाङ


तामाङ समुदायको जातिय तथा साँस्कृतिक परिवेशमा संचालन भएको पहिलो मिष्टर तामाङ प्रतियोगिताको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिष्टर तामाङ २०२४ को फाइनल प्रतिस्पर्धामा अतित लामाले पहिलो मिष्टर तामाङ हुने गौरव प्राप्त गरेका छन्। विजेता हुनुका साथै अतितले पर्सनालिटी विधाको अवार्ड पनि जित्न सफल भएका छन्।

प्रतियोगितामा अनिल तामाङ लोप्चन फस्ट रनर अप तथा विश्वराज स्याङ्बो सेकेन्ड रनर अपका रुपमा चयन भएका छन्। प्रतियोगितामा विक्रम तामाङ फोटोजेनिक, समिर घिसिङ ट्यालेन्ट, रविन घिसिङ तामाङ वेष्ट वाक, प्रयास गोल पब्लिक च्वाइस र पपुलर विधामा विजेता घोषणा भएका थिए। यसैगरी सुशिल बमजन डिसिप्लीन, भुपेन्द« लोप्चन स्माइल तथा रितिन दोर्जे लामा फ्रेन्डशीप विधामा विजेता छानिए। मम्स इन्टरनेसनल नेपालको ब्यानरमा आयोजना गरिएको प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन्।

SUBSCRIBE 👉