गाईजात्रामा इन्दिराको प्यारोडी


Shiva-Mula-sag
ग्ल्यामर नेपाल, काठमाडौं । गाइजात्रा नजिकिँदै गएपछि नेपालका चर्चित हाँस्यकलाकारहरुको समूह गाइजात्रे प्रहसनको तयारीमा जुटेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सभाकक्षमा साउन २३ गतेदेखि भदौ ७ गतेसम्म चल्ने १६ दिने ‘गाईजात्रा महोत्सव २०७१’ मा दर्शकलाई हँसाउनका लागि विभिन्न कलाकारहरु तयारीमा व्यस्त बनेका हुन् ।

ओरेन्टियल इभेन्ट्सले आयोजना गर्न लागेको गाईजात्रामा हास्यकवि शैलेन्द्र सिंखडाको हास्यव्यंग्य कविता सुनिनेछ भने क्यारिकेचरमा माहिर कलाकार मनोज गजुरेलले प्रहसनसँगै कार्यक्रम सञ्चालन गर्नेछन् । गजुरेलको प्रहसनमा कमल गाउँलेको समेत साथ हुनेछ । ‘उध्रेको चोली’ गायिका इन्दिरा जोशीले प्यारोडी गीत गाउने गाईजात्रमा लोकप्रिय नृत्यंगना पार्वती राईले प्यारोडी नृत्य देखाउनेछिन् ।

Indira-Joshi

प्रहसन तर्फ ‘मेरी बास्सै’का सुरेन्द्र केसी ‘मुलासाग’ र शिवशंकर रिजाल ‘जोगिन्दर’, दमन रुपाखेती, अन्जु महर्जन (हात्ती), राजु भुजु, रमेश अधिकारी, घनश्याम गौतम, विष्णु सापकोटा ‘हर्के हवल्दार’, रोशनी सापकोटा, आशा खड्का, किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमिल्सिना र राजु कमेडी लगायतले समाजका विकृति विसंगति र राजनीति माथि व्यंग्य गर्दै हँसाउने छन्। सिस्नुपानी नेपालको तर्फबाट लक्ष्मण गाम्नागे, अर्जुन पराजुलीलगायतले रोचक व्यंग्यात्मक कविता प्रस्तुत गर्नेछन् । ओरियन्टल इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक प्रकाश पुडासैनीले विगतका झै यसपटक पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन आफुहरु लागिपरेको बताए ।

SUBSCRIBE 👉