सन्देश सुनाउँदै आए सौगात(भिडियो)


Saugat-Utsavग्ल्यामर नेपाल, काठमाडौं । अभिनेता सौगात मल्ल दर्शक तथा श्रोताका लागि गीतमार्फत सन्देश सुनाउँदै आएका छन् । भदौ १३ देखि प्रदर्शन हुने फिल्म ‘उत्सव’को सार्वजनिक नयाँ गीतको भिडियोमा उनलाई ‘लौ सुन एउटा सन्देश’ भन्दै गाइरहेको अवस्थामा देख्न सकिन्छ ।

गीतमा सनुप पौडेलको स्वर रहेको छ भने शब्द र संगीत सुरेश राईको रहेको छ । निर्माता शेखर कोईरालाले निर्माण गरेको फिल्ममा सौगातसहित मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ, सन्दिप क्षेत्री र स्वयं निर्माताका कोईरालाका छोरा सञ्जोगले डेब्यू गरेका छन् । पटकथाकारका रुपमा चिनिएका युवा कुमार भट्टराईले फिल्मको निर्देशन गरेका हुन् ।

जावेद अख्तर कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुरेश राईको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

SUBSCRIBE 👉