ठग बने बिर्खे सुवास ?(भिडियो)


Subash-Thapa
ग्ल्यामर नेपाल, काठमाडौं । भदौ २० गतेबाट रिलिज हुन लागेको फिल्म ‘बिर्खेलाई चिन्छस् ?’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सुवास थापा प्रस्तुकतर्ता र अभिनेता रहेको फिल्ममा उनलाई गाउँलेदेखि ठगाहासम्मको रुपमा देख्न पाइनेछ ।

अराज केशव गिरीले निर्देशन गरेको फिल्ममा आयुशा राई र विनिता खडकाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । जगदीश्वर थापाको कथा र पटकथा रहेको फिल्ममा मोहित मुनालको संगीत, बासुदेव मुनाल, जगदिश्वर थापा र अराजको गीत तथा निरज कँडेल र रामशरण उप्रेतीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉