‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान । दुई दशकपछि एकसाथ देखिँदै

नेपाली चलचित्रका लोकप्रिय कलाकार द्वय निरुता सिंह र उत्तम प्रधान दुई दशकपछि फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि यो जोडीले चलचित्र ‘महादशा’ मार्फत पुनरागमन गर्न लागेको हो।


नेपाली चलचित्र ‘महादशा’ले आफ्ना मुख्य कलाकारको रुपमा अभिनेता उत्तम प्रधान र नायिका निरुता सिंहलाई अनुबन्ध गरेको छ। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि यो जोडीले चलचित्र ‘महादशा’ मार्फत पुनरागमन गर्न लागेको हो। उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ।

किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता जगाएको छ। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

SUBSCRIBE 👉