‘हरिबहादुरको जुत्ता’ को ‘सुन्तली माई’ रिलिज

चलचित्र रिलिजको पूर्व सन्ध्यामा ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक भएको छ। गायिका समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द छ भने वसन्त सापकोटाले सङ्गीत भरेका छन्।


दशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत रिलिज गरिएको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीत ‘सुन्तलीमाई’ मा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत सुन्न पाइन्छ।

यो गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत र वर्षा राउत लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ। दिपेन्द्र के. खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपालसहित थुप्रै कलाकारको अभिनय छ।


🎬 भिडियो हेर्नुहोस्: ‘हरिबहादुरको जुत्ता’ को ‘सुन्तली माई’


एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सुन्न सकिन्छ।

SUBSCRIBE 👉