गायिका ज्योति मगरको प्रश्न : कलाकारहरुको सम्पती शुद्धिकरण हुन्छ होला कि हुदैन होला?

सरकारी कोष बाट करोडौँ बजेट लिने र २/४ लाखको भिडियो बनाएर बाँकी रकम आफ्नो प्राइभेट कम्पनी खोल्ने कलाकारहरुको सम्पत्ति शुद्धीकरण हुन्छ होला कि हुदैन होला?


Singer Jyoti Magar performing live in stage wearing red dress

Singer Jyoti Magar

गायिका ज्योति मगरले कलाकारहरूले जनचेतनामूलक कार्यक्रमका नाममा राज्यको कोषबाट लिइने करोडौँ रुपैयाँको उपयोगबारे प्रश्न उठाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत केही कलाकारहरूले जनचेतनामूलक कार्यक्रमको नाममा नेपाल सरकारबाट करोडौँ बजेट लिएर, सामान्य भिडियो निर्माण गरी बाँकी रकम निजी कम्पनी खोल्न प्रयोग गर्ने कलाकारहरूको सम्पत्ति शुद्धीकरणको दायरामा पर्नुपर्ने बताएकी छन्।

फेसबुकमा उनले पोस्ट गरेकी छिन् – “मन मा लाको खुल्दुली…
नेपाल सरकार को कोष बाट जनचेतना मुलक कार्यक्रम को लागि करौडै बजेट लियर यसो 2/4 लाख को फिस्स भिडियो बनायर बाकी रकम सबै कुम्ल्यायर आफ्नो ठुल ठूलो प्राइभेट कम्पनी खोल्ने आदरणीय कलाकार माहानुभाव हरु को सम्पती शुद्धिकरण हुन्छ होला कि हुदैन होला??? अनि उहाँहरु लाई भ्रष्टाचारी भन्न मिल्छ होला कि मिल्दैन होला????”

Jyoti Magar's Facebook Post

Jyoti Magar’s Facebook Post | Screen Shot

SUBSCRIBE 👉