‘मैझारो’ले पायो युनिभर्सल सर्टिफिकेट

केन्द्रीय चलचित्र जाँच समितिले विल्सन बिक्रम राईको डेब्यु निर्देशकिए फिल्म ‘मैझारो’ लाई युनिभर्सल सर्टिफिकेट दिएको छ। कार्तिक ७ गतेबाट देशभरका सिनेमाघरहरुमा सार्बजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई सबै उमेरका दर्शकहरुले सहजै हेर्न पाउने भएका छन्।


Dhiraj Magar and Miruna Magar From the nepali movie 'Maijharo'

Dhiraj Magar and Miruna Magar From the movie ‘Maijharo’

विल्सन बिक्रम राईको डेब्यु निर्देशन फिल्म ‘मैझारो’को सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। यो फिल्म सबै उमेरका दर्शकहरुले सहजै हेर्न पाउने भएका छन्।

विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको छ। फिल्मको कथा तथा पटकथा पनि निर्देशक राईको छ।

फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको दमदार अभिनय छ। अनमोल गुरूङको संगीत र तोरेम्पा हाङ राईले संयोजन गरेको फिल्मका गीतहरुमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको स्वर छ।

केहि दिनअघि यो फिल्ममा समावेश गीत ‘साकेला नाचौ’ र यो भन्दा अगाडी लभ सङ ‘तिमीलाई के थाहा सानु…’ रिलिज गरिएको थियो। यो फिल्मको पोस्टर रिलिज देखि नै फिल्मले दर्शमाझ हाइप लिएको थियो। झन् ट्रेलर रिलिज पछि त र्शकमाझ अझ बढी फिल्म प्रति कतुहलता जागेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन सौरभ लामाले गरेका हुन्। डी.बी.राई र सरिना लामा राईको लगानीमा निर्मित यो फिल्म कार्तिक ७ गतेबाट देशभरका सिनेमाघरहरुमा रिलिज हुदैछ।

यो पनि पढ्नुहोस्: ‘मैझारो’ प्रचारप्रसारमा तिब्रता, पुर्वका विभिन्न शहरमा सांगीतिक प्रस्तुति, ‘मैझारो’ मय ई-रिक्साहरु

SUBSCRIBE 👉