मंसिरमा निर्देशक शोभित बस्नेतको चलचित्र ‘पी.आर.’

निर्देशक शोभित बस्नेतको चलचित्र ‘पी.आर.’को प्रदर्शन मिति तोकिएको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्र मंसिर २६ गते (डिसेम्बर १२) बाट प्रदर्शनमा आउने भएको छ।


Shovit Basnet's Film P.R. Poster including all casts

Shovit Basnet’s Film P.R. Poster

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पी.आर.’ यानी कि पर्मानेन्ट रेसिडेण्ट (PR – Permanent Resident) को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले चलचित्रको प्रदर्शन मिति मंसिर २६ गते तोकेको छ।

निर्माण पक्षका अनुसार चलचित्र ‘पी.आर.’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रले प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथालाइ उजागर गर्नेछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका छ।

निर्देशक बस्नेतले यो चलचित्रमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताए। उनले भने,‘पीआर’लाई नेपालको कथा, नेपाली युवाको सपना र संघर्षका रूपमा दर्शकसामु ल्याउन लागेको छौँ। सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु।’

चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्। चलचित्रको सम्पादन बन्दे प्रसाद, र लेखन गणेश बुद्धाथोकी डान्स राम्जी लामिछाने संगीतमा मानस राज, भिम बि सि को रहेको छ। साैरव मानन्धर र साैरव लामाले खिचेको फिल्मलाई आर आर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।

यो पनि हेर्नुहोस: ‘परान’ फिल्मको ट्रेलर: सन्तानको साथ खोज्ने बुबाको मर्मस्पर्शी कथा

SUBSCRIBE 👉