पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?

सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक स्थगीत हुँदै आएको थियो।


चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक स्थगीत हुँदै आएको थियो। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन्।

सबै कलाकार क्यारेक्टर लुक्समा छन्। कामेश्वर साइकलका छन्। अरु कलाकार आआफ्नै क्यारेक्टर लुक्समा छन्। कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने बताईएको छ।

चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ। तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ। जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रष्ट पार्छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने छन्।

ALSO READ: फेरी सर्यो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति

SUBSCRIBE 👉