अभिनेताको जन्मदिनको अवसर पारेर ‘पीआर’को गीत ‘तिमी छौ र त’ रिलिज

अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को गीत ‘तिमी छौ र त’ रिलिज गरिएको छ। भिडियोमा पौडेल र अभिनेत्री बिनिता कार्कीको रोमान्टिक पल र नृत्य हेर्न सकिन्छ।


Screen Shot of Actor Suraj Poudel and Actress Binita Karki Romantic mood from Nepali Movie PR song

Actor Suraj Poudel and Actress Binita Karki in the Romantic scene from the Movie PR

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत रिलिज भएको छ। निर्माण पक्षले फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो। सार्बजनिक गीतको भिडियो अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ।

अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ। मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको स्वरमा रहेको यो गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि केहि दिनअघि निर्देशक बस्नेत अष्ट्रेलियामा उडेका थिए। उनी यतिबेला अष्ट्रेलियामा फिल्मको प्रमोसनमा गरिरहेका छन्।

उनका अनुसार फिल्म ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।

बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ। फिल्म यहि मंसिर २६ गतेबाट सिनेमा हलमा लाग्दैछ।

SUBSCRIBE 👉