आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो

आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।


still from the music video featuring Aashma Bishwokarma and Pushpa Khadka

Aashma Bishwokarma and Pushpa Khadka, still from the music video

दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता रामचरणको चलचित्र पेड्डीमा समावेश ‘चिकिरी चिकिरी’ बोलको गीतमा उनले गरेको डान्सिङ्ग भिडियोकारण पुन: चर्चामा रहेकी आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्का अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ।

माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा संगीतकार समेत रहेका आशिक राईको साथमा समिक्षा अधिकारीको स्वर रहेको ‘मेरो ठुम्का देखेर’ डान्सीङ बीट गीतको भिडियो रोशन विश्वकर्माले कोरियोग्राफी गरेका हुन्।

आशिक राईले निर्देशन गरेको यो म्युजिक भिडियो नरेश ऐरले छायाँकन र कल्पेश विश्वकर्माले सम्पादन गरेका हुन्।

क्यु थ्री इन्टरटेनमेन्टले प्रस्तुत गरेको यस गीतमा नरेन्द्र वियोगीको एरेञ्जमेन्ट छ भने भिडियोमा सहयोगी कलाकारका रुपमा कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङको अभिनय छ।


मेलिना राईको साथमा रुजन शिवाकोटीको नयाँ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


SUBSCRIBE 👉