सबैलाई नचाउँदै नम्रता–अशिष्मा(भिडियो)


Namrata-Dance
ग्ल्यामर नेपाल, काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका कलाकार शंकर लामिछानेले एक तीज गीतमा दुई चर्चित भारतीय गायिका पूर्णिमा र साधना सरगमको छुट्टाछुट्टै स्वरमा रेकर्ड गराएर म्युजिक भिडियो बनाएका छन् । लामिछानेकै शब्द र संगीत रहेको ‘आफु पनि नाचिन्छ, अरुलाई नी नचाइन्छ’बोलको गीतलाई उनले भारतमा रेकर्ड गराएका हुन् ।

लामिछानेले सहरीया पुस्ताले तिजको गीतमा खासै चासो नदेखाइरहेका बेला आफुले तीज गीतमा गाउँको र शहर दुवैको वातावरणलाई प्रस्तुत गरेको बताए । ‘छुट्टाछुट्टै समयमा दुई गायिकाले गाएको कारणले पनि एउटा गीतले गाउँकी आमालाई नचाउँछ भने अर्को त्यही गीतले पाँचतारे होटलमा दिदीलाई नचाउँछ ।’ लामिछानेले भने । लामिछानेले ‘बोक्सी’, ‘किन लाग्छ माया’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । यो गीत उनको हिन्दी एल्बम ‘धुम’मा समावेश गरिएको छ । साधनाको स्वरमा समावेश गीतको भिडियोमा शिव विक र पूर्णिमाको गीतमा गम्भिर बिष्टको निर्देशन छ । दुई भिडियोमा अशिष्मा नकर्मी र नम्रता सापकोटाको अभिनय रहेको छ ।

SUBSCRIBE 👉