बाह्र नेपाली एक चिहानको अमेरिका झण्डामा सेन्सर


12-nepali-ek-chihan
ग्ल्यामर नेपाल, काठमाडौं । केही महिना अघि सेन्सर नगराउन सरकारी निकायबाट आदेश आएपछि चर्चामा आएको फिल्म ‘बाह्र नेपाली एक चिहान’ले बुधबार सेन्सर पास गरेको छ। फिल्मका निर्देशक अरुण प्रधानका अनुसार सेन्सरका सदस्यहरुले फिल्मलाई चलचित्र विकास बोर्डमा हेरेका थिए। फिल्मले पिजी सर्टिफिकेट पाएको छ।

निर्देशक प्रधानले फिल्ममा राखिएको अमेरिकाको झण्डाको दृश्यमा मात्र सेन्सर कैची लगाएको बताए। फिल्मले २०६१ साल भदौ ११ मा इराकमा मारिएका १२ जना नेपालीको कथालाई प्रस्तुत गरेको छ।

फिल्मलाई सञ्चार मन्त्रालयले सेन्सर नगर्न चलचित्र विकास बोर्डलाई केही महिना अघि निर्देशन दिएपछि फिल्म युनिटले विरोध जनाएको थियो भने फिल्मकर्मीले पनि आश्चर्य व्यक्त गरेका थिए। फिल्म युनिटले भने आफुहरुले परिवारकै स्वीकृति लिएर फिल्म बनाएको दाबी गर्दै आएको थियो।

फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तमजंग लिम्बु, रामभजन कामत, सुशिल थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्तिलगायतका कलाकारले अभिनय गरेका छन्। संगीता प्रधान, रविन श्रेष्ठ, रविन राई र भाईसन बर्देवाले फिल्ममा लगानी गरेका छन्।
12-nepali-ek-chihan-trailer

SUBSCRIBE 👉