Netflix वेब-सिरिज ‘Glory’ मा पूर्व मिस नेपाल निकिता चाण्डक

Miss Nepal 2017 तथा Actress Nikita Chandak अब Netflix को वेब सिरिज ‘Glory’ मा देखिने भएकी छन्। मे १ देखि रिलिज हुने तयारीमा रहेको यो थ्रिलर सिरिजमा निकिताको भूमिका कस्तो छ भन्ने कुरा भने अझै खुलाइएको छैन।


Miss Nepal Nikita Chandak Set for Digital Debut in Netflix Series ‘Glory’

Miss Nepal 2017 तथा Actress Nikita Chandak अब Netflix को वेब सिरिज ‘Glory’ मा देखिने भएकी छन्। मे १ देखि रिलिज हुने तयारीमा रहेको यो थ्रिलर सिरिजमा निकिताको भूमिका कस्तो छ भन्ने कुरा भने अझै खुलाइएको छैन।

Miss Nepal 2017 तथा Actress Nikita Chandak अब अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म Netflix मा देखिने भएकी छन्। उनी वेब सिरिज ‘Glory’ ‘ग्लोरी’ मा देखिने भएकी हुन्।

यो सिरिज मे १ देखि नेटफ्लिक्समा रिलिज हुने तयारीमा छ। निकिताले आफ्नो इन्स्टाग्राममार्फत यो खबर सार्वजनिक गर्दै यसलाई आफ्नो “Netflix season” भनेर वर्णन गरेकी छन्।

एटोमिक फिल्म्सद्वारा निर्माण गरिएको ‘Glory’ थ्रिलर र बदलाको कथामा आधारित सिरिज हो। यद्यपि, यसमा निकिताको भूमिका कस्तो छ भन्ने कुरा भने अझै खुलाइएको छैन।

Screen Shot of Nikita Chandak's Instagram Post for Netflix web series 'Glory'

Screen Shot of Nikita Chandak’s Instagram Post for Netflix web series ‘Glory’

निकिता चाण्डकले सन् २०१७ मा मिस नेपाल जितेकी थिइन् र सोही वर्ष Miss World मा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्। उनले अभिनय करियरको सुरुवात विराज भट्टको फिल्म ‘साङ्लो’ बाट गरेकी हुन्।

पछिल्ला केही वर्षयता उनी भारतको मुम्बईमा बसेर अभिनय, विज्ञापन र डिजिटल प्रोजेक्टमा सक्रिय छिन्। हालै उनले Rajkummar Rao सँग एक विज्ञापनमा काम गरेकी थिइन्।

उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘राजागञ्ज’ (Rajagunj : Pooja Sir)हो, जसलाई दीपक रौनियारले निर्देशन गरेका थिए । यो फिल्म Venice Film Festival मा वर्ल्ड प्रिमियर गरिएको थियो।

Netflix मा डेब्यूसँगै निकिता चाण्डकको करियरले अब नयाँ अन्तर्राष्ट्रिय उचाइ लिने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस्: बिहेपछि करियर सकिन्छ भन्ने सोच तोड्दै अभिनेत्री स्वस्तिमा खड्का


SUBSCRIBE 👉