सविन पनि समाजसेवामा, संस्था दर्ता हुँदै


sabin-shrestha ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सेलिब्रेटीहरुमा सामाजिक सेवाको लहर नै चलेको छ। दैनिक जसो कलाकारहरुले कुनै न कुनै समाज सेवाका काम गरेको खबर सार्वजनिक भइरहेको छ। अरु केही नभएपनि कलाकारहरु आफ्नो जन्मदिनमा गरिब, बालबालिका तथा वृद्धवृद्धालाई लत्ताकपडा र खाद्यान्न वितरण गर्न थालेका छन्। अझ केही कलाकार त संस्था नै स्थापना गरेर दिर्घकालीन रुपमा समाजसेवामा लागिरहेका छन्। नायक सविन श्रेष्ठ पनि संस्था खडा गरेरै समाजसेवामा लागेका छन्। आधिकारिक दर्ताको प्रक्रियामा रहेको उनको संस्थाले देशभरका अनाथालय तथा आश्रमहरुलाई सहयोग गर्ने बताइएको छ।
sabin-shrestha-1 सविनले धापासीमा रहेको एक बालगृहको लागि एक महिनालाई पुग्ने खाद्यान्य वितरण गरेर समाजसेवाको सुरुवात गरेका छन्। संस्थाकी संचालक दीक्षा चापागाँइले सविनको गुन कहिले भुल्न नसक्ने बताइन्। सविनले कोरियामा रहेका आफ्ना साथी अमृत राइसन र अन्य देशमा रहेका साथीहरुको सहयोगमा संस्था खोल्न लागेका हुन् । औपचारिक दर्ता भएपछि संस्थाले दु्रतरुपमा काम सुरु गर्ने उनको भनाई छ।

केही दिन अघि नायिका रेखा थापा पनि ‘रेखा थापा फाउण्डेशन’ स्थापना गरेर औपचारिक रुपमा समाजसेवामा लागेकी छिन्। उनको कामले राष्ट्रिय चर्चा पाइरहेको छ।

SUBSCRIBE 👉