‘यो कथा हो तिम्रो मेरो’ सबैले हेर्न पाउने


Yo-Katha
ग्ल्यामर नेपाल, काठमाडौं । आगामी भदौ १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो कथा हो तिम्रो मेरो’लाई सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्म सामाजिक एवं पारिवारिक कथावस्तुमा आधारित छ । फिल्मलाई सेन्सर बोर्डले कुनै पनि ठाउँमा कैंची नलगाएको निर्देशक प्रतीकले बताए । फिल्म द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको हो ।

रमेश प्रजापति निर्माता र राम बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा सुमन सिंह, रिस्ता बस्नेत, रवि कार्की, गणेश उप्रेती, रुपा राना, ओम प्रतीकलगायतका कलाकारहरुले अभिनय गरेका छन् । विकास चौधरीको संगीत रहेको फिल्मको शीर्ष गीत ‘यो कथा हो तिम्रो मेरो’ले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । रमेशकुमार राईको कथा, गोविन्द प्रभात, नारायण रिजाल र अनिल कोइरालाको कोरियोग्राफी रहेको फिल्मका छाँयाकार सुरेश बज्राचार्य हुन् ।

SUBSCRIBE 👉