दरबारमार्गमा खुल्यो क्युज सिनेमाज


Karishma-manandhar-indira-joshi
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म क्षेत्रमा युवापुस्ताको प्रवेशसँगै फिल्मको गुणस्तरमा पनि वृद्धि भइरहेका बेला दर्शकलाई आरामदायी किसिमले फिल्म हेर्ने वातावरण बनाउनका लागि राजधानीमा सुविधासम्पन्न हल खुल्ने क्रम बढिरहेको छ । फिल्म हेर्न पैसा तिरे अनुसार दर्शकले पनि सुविधा खोज्न थालेपछि फिल्ममा लगानीसँगै हल निर्माण गर्ने क्रम पनि बढ्दै गएको हो । यसैक्रममा, फिल्म ‘फिटकिरी’का निर्माता तथा व्यवसायी सुमित मैनालीले राजधानीको प्रमुख व्यापारिक केन्द्र रहेको दरबारमार्गमा ‘क्यूज सिनेमाज’ नामक मल्टिप्लेक्स हल सञ्चालमा ल्याएका छन् ।

दरबारमार्गको राइजिङ मलको पाँचौ तलामा रहेको अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्समा ७७ र १ सय ६८ सिट क्षमताका दुई हल छन् । मल्टिप्लेक्सको बुधबार राजधानीमा आयोजित कार्यक्रममा सुन्दरी अभिनेत्री करिश्मा मानन्धर, गायिका इन्दिरा जोशी र राष्ट्रिय उसु खेलाडी चाहाना बम्जन लामाले एकसाथ रिबन काटेर उद्घाटन गरे । मल्टिप्लेक्सका प्रबन्ध निर्देशकसमेत रहेका मैनालीले दर्शकलाई आरामदायी सोफासहित फिल्म हेर्ने सुविधासँगै हलमा आधुनिक प्रविधि र उच्च गुणस्तरका साउण्ड सिष्टमबाट प्रष्ट सुनिने अनुभव लिने बताए ।

Q cinema

उद्घाटनका अवसरमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानार्थ उनको फिल्म ‘कोहिनुर’ प्रदर्शन गरिएको थियो । हलले आगामी शुक्रबारबाट स्वदेशी तथा विदेशी फिल्म प्रदर्शनमा ल्याउने मल्टिप्लेक्सका मेनेजर राकेश श्रेष्ठले बताए ।

SUBSCRIBE 👉