सितु बनिन् काभ्रे तीज क्विन


Teej-Queen

ग्ल्यामर नेपाल, काठमाडौं । महिलाहरुको महान पर्व तीजको अवसर पारेर काभ्रेको बनेपामा आयोजित ‘काभ्रे तीज क्विन’ को उपाधि सितु थापा मगरले चुमेकी छन् । आइटीसी स्किल डेमलोपमेन्ट ट्रेनिङ सेन्टरले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेल आर्ट स्पेसलिष्ट सुनिलजंग मल्लले ‘समाजमा पिछडिएर रहेका नारीहरुलाई आत्मनिर्भर बनाउन के कस्तो कदम चाल्नुपर्दछ ?’ भन्ने प्रश्नको उत्कृष्ठ उत्तर दिँदै सितुले ताज शिरमा लगाएकी हुन् ।

तीजको महत्वलाई व्यापक बनाउँदै सबै जातजातिका महिलाको साझा पर्वका रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा लज्जु खड्का फष्ट र रश्मिला बस्नेत सेकेण्ड रनरअप बनिन् । बस्नेले वेष्ट पर्सनालिटीको अवार्ड पनि चुमिन्। प्रतियोगिताको व्यवस्थापन र संयोजन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो भने राज फैजुले कोरियोग्राफी गरेका थिए ।

प्रतियोगिताको विधागत अवार्डतर्फ ‘फ्रेन्डसिप’मा दिलकुमारी राई, ‘डिसिप्लेन’मा शोभा तामाङ, ‘ड्रेसअप’मा बिन्दा बस्नेत, ‘स्माइल’मा शर्मिला श्रेष्ठ, ‘चार्मिङ’मा मनिता लामा र ‘वाक’मा रविना प्रजापति उत्कृष्ठ बने । प्रतियोगिताको निर्णायकमा ‘काभ्रे लेडिज ट्यालेन्ट शो २०६९’ का विजेता मनिषा श्रेष्ठ, २०७० को विजेता सृष्टि श्रेष्ठ, फेसन डिजाइनर शोभा महर्जन र उद्यमी महिला प्रर्मिला चण्डी श्रेष्ठ थिए ।

SUBSCRIBE 👉