फत्तेमानको अन्तिम एल्बम सार्वजनिक


Fatay-man-album
ग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ संगीतकार, गीतकार तथा गायक स्वर्गीय फत्तेमान राजभण्डारीको अन्ति सोलो एल्बम ‘अपुरो मन’ आइतबार राजधानीमा सार्वजनिक भएको छ । सांगीतिक करियरमा जीवित रहँदा १७ वटा एल्बम श्रोतालाई दिइसकेका राजभण्डारीको यो एल्बम उनको निधनको करिब एक वर्षपछि सार्वजनिक गरिएको हो ।

aapuro-maan

हरि लम्सालको एकल संगीत र अमेरिका निवासी कृष्ण केसीको एकल गीत रहेको एल्बमको वरिष्ठ गीतकार रत्नशमशेर थापा, वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान र वरिष्ठ अभिनेता, निर्माता तथा निर्देशक र नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहलगायतले लोकार्पण गरे । एल्बममा ‘के ल्यायौ र’, ‘बिस्तारै बोल’, ‘यता गल्ली उता गल्ली’, ‘तिरमा बसी’ र ‘गोलो गोलो अनुहार’ बोलका गीत छन् । कृष्णका दाजु अनिल प्रस्तुतकर्ता रहेको एल्बमलाई टुवेल्भ नोट्सले बजारमा ल्याएको हो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले फत्तेमानले नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदानका बारे चर्चा गरेका थिए ।

SUBSCRIBE 👉