एक माना रक्सीले विल्सन मातेपछि(भिडियो)


Wilson-Bikram
ग्ल्यामर नेपाल, काठमाडौं । हाँस्यकलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’लाई रियल लाइफमा रक्सी खाएर गीत गाउँदै हिँडेको सम्भवत कसैले भेटेको छैन् । तर रिल लाइफमा भने यिनी रक्सी खाँदै गाएर नाँचेका छन् । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पुन्टे परेड’मा तक्मे एकमाना रक्सीले गरेको करातम सुनाउँदैछन् ।

तक्मेबुढा ‘हिजो भर्खर रक्सी खाको, खाए एक माना’ भन्दै अन्य कमेडियन केदार घिमिरे ‘माग्ने बुढा’, सुरेन्द्र केसी ‘मुला साग’, प्रकाश पौडेलसँगै र्यापर गिरिश खतिवडा, कलाकार एमएस अग्रज, सलोन बस्नेततथा संयम पुरीले नाँचेका छन् ।

आइडियाज एण्ड इमेजेज प्रा.लि.को व्यानरमा हरि महत, सुरज कोइराला र अनिल अधिकारीले फिल्ममा लगानी गरेका हुन् । संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रविन्द्र खड्का र गीता अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्ममा कन्सेप्ट निलु डोमा शेर्पाको रहेको छ भने यसको पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका हुन् । बाबु श्रेष्ठले खिचेको यस फिल्ममा तारा प्रकास लिम्बु र टेकनन्द लामाको संगीत रहेको छ ।

SUBSCRIBE 👉