बेडसिन दिन पनि पछि हट्दिन – नायिका सविना कार्की


sabina-karkiकरिव दुई वर्षअघि निर्देशक सोभित बस्नेतको फिल्म ‘दुलही रानी’ मार्फत नायिकको रुपमा डेब्यू गर्ने कलाकार हुन् सविना कार्की। उनले अभिनय गरेको विवादास्पद फिल्म ‘एटिएम’ प्रदर्शन नै हुन सकेन। ‘एटिएम’ मा सविनाले अन्य दुई नायिकासंगै अभिनय गरेकी थिइन्। अत्यन्त भद्दा दृष्य तथा अश्लिल संवादका कारण नेपालको फिल्म सेन्सर बोर्डले उक्त फिल्मलाई प्रदर्शन नै गर्न दिएको थिएन। फिल्म प्रदर्शन नभए पनि सविनालाई उक्त फिल्मले नायिकाको रुपमा स्थापित हुन सहयोग पुर्‍यायो। त्यसबाहेक उनले ‘द फेमस’ शीर्षकको फिल्ममा पनि अभिनय गरेकी छिन्। फिल्ममा जति नै हट दृष्य दिए पनि वास्तविक जीवनमा आफू सोझी युवती भएको बताउने सविनासंगको कफी गफ:

अचेल केमा व्यस्त हुनुहुन्छ ?
फिल्महरुको छायांकनमै व्यस्त छु। म्युजिक भिडियोहरुमा पनि अभिनय गरिरहेकी छु।

फिल्म क्षेत्रमा टिकिरहन कत्तिको संघर्ष गर्नु परिरहेको छ ?
फिल्म क्षेत्रमा नयाँ-नायिका नायिकाहरुसंग फाइदा लुट्न खोज्नेहरुको संख्या बढि हुँदो रहेछ। प्रतिभा भएर पनि यो क्षेत्रमा टिकिरहन निकै गाह्रो परिरहेको छ।

नयाँ नायिकाहरु निर्मातासंग नजिकिएकै कारण यस्तो समस्या पैदा नभएको भनिन्छ नि ?
मैले फाइदा लुट्न खोज्नेहरु भन्नुको अर्थ पनि यही हो। निर्मातासंग नजिकिनु पर्ने नायिकाहरुको बाध्यताकै कारण यो क्षेत्रमा नयाँ अनुहारको संख्या घट्दैछ। रमाइलो कुरा के छ भने मैले अहिले सम्म त्यसरी कसैसंग नजिकिनु परेको छैन।

प्रदर्शन नै नभएको फिल्म ‘एटिएम’ ले तपाईंलाई चर्चित बनाएको हो ?
उक्त फिल्ममा मैले अश्लिल तथा हट दृष्य दिएकी थिइन, संवादमात्र हल्का अश्लिल थियो तर फिल्मका अन्य नायिकाहरुको हट दृष्यका कारण म पनि बिना कारण मुछिएँ, चर्चामा पनि आएँ।

फिल्ममा नायकको पाइन्टको जिफर समातेको दृष्य अश्लिल होइन त ?
वास्तवमा मैले नायकको सर्टको बटमनिर समातेकी थिएँ। क्यामरामा कसरी जिफर समातेको कैद भयो, मलाई नै थाहा छैन। मैले सेक्सी तरिकाले आइसक्रिम खाएको दृष्य दिएँ भनेर आलोचना भयो। म मात्र होइन, हरेकले आइसक्रिम समात्ने र खाने शैली उस्तै हुन्छ जस्तो लाग्छ।

प्रसंग बदलौं, आफ्नो शरिरका अंग मध्ये कुन चाहिँ सबैभन्दा सेक्सी लाग्छ ?
धेरैले ओठ सेक्सी भन्छन्। मलाई पनि त्यस्तै लाग्छ। ऐनामा पनि प्रायः म आफ्नो ओठ नै नियालिरहेकी हुन्छु।

फिल्ममा बेड सिन दिने दृष्य आयो भने ?
कलाकार भएपछि कुनै पनि दृष्यमा अभिनय गर्दिन भन्न पाइँदैन। निर्देशक हेरेर बेडसिन दिन पनि पछि हट्दिन।

चुम्बनका दृष्य कत्तिको सहज लाग्छ ?
नायकसंग चुम्बन गरेको दृष्य अहिलेका फिल्मका लागि निकै सामान्य मानिन्छ। ‘एटिएम’ को मेरो चुम्बन दृष्यले हलचल नै मच्चाएको थियो।

पहिलो फिल्ममै नायकसंग टङ किस गर्ने हिम्मत कसरी जुटाउनु भयो ?
मैले अघि नै भनेनी, कलाकारले हरेक प्रकारको भूमिका निर्वाह गर्नु पर्छ। त्यो टङ किस पनि अभिनयकै रुपमा गरेँ।

कस्ता केटाहरु मनपर्छन् ?
सुगठित शरिर अनि हँसिलो अनुहार भएका केटाहरु मनपर्छ।

अनि मन नपर्ने चाहिँ ?
धेरै केटीहरुसंग डेटिङ गर्दै हिँड्ने प्लेब्वाइ चरित्र भएका केटाहर मन पर्दैनन्।

सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?
उमेर पुगेका हरेक जिवित प्राणीलाई आवश्यक पर्ने एउटा प्राकृतिक कुरा हो ।

अनुभव पनि गरिसक्नु भयो कि ?
मैले अहिलेसम्म सेक्सको अनुभव गरेकी छैन। विवाहपछि मात्र यसको अनुभव गर्ने योजना बनाएकी छु ।

नायिकाहरु झुटो बोल्न सिपालु हुन्छन् भनिन्छ नि ?
आफूलाई फाइदा हुने कुरा छ भने अलिकति झुटो बोल्दा के फरक पर्छ र ?

SUBSCRIBE 👉