ग्ल्यामर प्रर्दशन गर्ने नायीका म होइन – नायिका सिम्पल खनाल


simpal-khanalकरिब पाच बर्ष अगाडी निर्माण भएको चलचित्र माझीदाई बाट नायीकाको रुपमा चलचित्र क्षेत्रमा देखा परेर हराएकी नायीका सिम्पल खनाल पुन एक पल्ट चलचित्रको पर्दामा देखिने भएकी छन्। पछिल्लो समय चलचित्र अभिनय भन्दा पनि म्युजिक भिडीयो अभिनय र टेलिभिजन कार्यक्रम संचालन गर्दै आयकी सिम्पलले संख्यामा चार दर्जनको हाराहारीमा म्युजिक भिडीयो र दर्जनको हाराहरीमा बिग्यापन चलचित्रमा पनि अभिनय गरेकी छन्। चलचित्र अभिनयबाट कला क्षेत्रमा प्रबेस गरेर म्युजिक भिडीयोमा रमाउन पुगेकी सिम्पल फेरी किन चलचित्र अभिनयमा देखा परिनन्। उनिसंग गरिएको कफी गफ को सम्पादित अंश :

लामो समय पछि चलचित्रको पर्दामा देखा पर्नु भयो नि ?
लामो समय भन्न मिल्दैन। त्यस्तै चार पाच बर्ष त भयो होला। मैले माझीदाई पछि कुनै पनि चलचित्रमा अभिनय गरेको छैन। चलचित्रमा अभिनय नगरे पनि म अभिनयमा नै छु चाहे त्यो म्युजिक भिडीयो होस् या अन्य। चलचित्रमा अभिनय नगरेकोले लामो समय भए जस्तो लागेको हो।

कता हराउनु भएका थियो ?
कतै पनि हरायको छैन। अभिनयमा नै छु। म्युजिक भिडीयो, बिज्ञापन चलचित्र तथा टेलिभिजन कार्यक्रमले गर्दा चलचित्र अभिनय गर्न भने भ्याइन।

पाच बर्ष पछि चलचित्रमा पुन देखिनु भएको छ कस्तो आस गर्नु भएको छ ?
यस चलचित्र बाट मैले धेरै आस गरेको छु। माझीदाई अभिनय गरेको पाच बर्ष पछि यो चलचित्रमा अभिनय गरेको हो। माझी दाई पछि पनि मलाई चलचित्रको अफर नआयको भने होइन। चलचित्रको अफर आईरहेको थियो। कहिले फुर्सद तथा केही चलचित्रको बिषय बस्तु मन नपरे र अभिनय नगरेको हो। मलाई दर्शकले म्युजिक भिडीयोमा जसरी मन पराउनु भएको छ चलचित्रमा पनि मनपराई दिनु हुन्छ भन्ने पुर्ण आसाबादी छु।

अध्याय चलचित्र किन खेल्नु भयो त ?
मलाई यो चलचित्रको बिषय बस्तु मन परेर यो चलचित्र अभिनय गरेको हो। मैले यसै चलचित्रमा अभिनय गर्नुको अर्का कारण यो चलचित्र सम्बन्धी अध्ययन गरेका बिद्यार्थीले निर्माण गरेकोले चलचित्र राम्रो बन्छ भन्ने लागेर अभिनयका लागी समय निकाले।

कस्तो भुमिका निर्बाह गर्नु भएको छ त ?
यो चलचित्र तिन जोडिहरुको प्रेम कथामा आधारीत चलचित्र हो। ति तिनै जोडिले हाम्रो समाजको प्रतिनिधीत्व गरिरहेका छन् जस्तो लाग्छ। मैले चलचित्रमा चन्चले,चुलबुले खेटीको भुमिका निर्बाह गरको छु। यहि भुमिका मन परेर नै यस चलचित्र अभिनय गरेको हो।

नायीकाहरुमा पछिल्लो समय ग्ल्यामर प्रर्दशन गर्ने होड नै चलेको छ , यसमा तपाईको कस्तो ग्ल्यार देख्न पाइन्छ ?
अहिले ग्ल्यामर भनेर अंग प्रर्दशन गर्ने गरेका छन्। म त्यस्तो खालको ग्ल्यामर प्रर्दशन गर्ने नायीका पनि हैन। फेरी यो चलचित्र त्यस्तो बिषय बनका चलचित्र पनि हैन। चलचित्रका कथा बिषय बु राम्रो लागेर चलचित्र अभिनय गरेको हो।

म्युजिक भिडीयो र चलचित्र अभिनयमा के फरक पाउनु भयो?
अभिनयका हिसाबले हेर्न हो भने त्यस्तो केहि फरक छैन। दुबैमा अभिनय देखाउने हो। म्युजिक भिडीयोमा एक दुई दिन समय दिए पुग्छ भने चलचित्रमा धेरै टाइम दिनु पर्छ। महिनौ लाग्छ। चलचित्र भन्दा युजिक भिडीयोमा छिटो फ्री भइन्छ।

हामै समाजमा चलचित्रका नायीकालाई इज्जतले हेरिदैन भनिन्छ नी ?
यो पहिले हो, अहिले होइन। पहिला चलचित्रमा लाग्न केही नायीकाहरु बदनाम भएका पनि थिए। त्यसले गर्दा हेर्न दृष्टीकोण नराम्रो थियो। अहिले एडभान्सको जमाना हो। चलचित्र क्षेत्रमा एक से एक नायीकाहरु प्रबेश गरेका छन्। तिनले गर्दा हेर्न दृष्टीकोण फेरीएको छ।

टेलिभिजन कार्यक्रम संचालनका साथै म्युजिक भिडीयो र चलचित्रमा पनि अभिनय गर्नु भएको छ आफुलाई के भनेर चिनाउन चाहानु हुन्छ ?
म एउटा कलाकार हो। मैले कामको सिलसिलामा टेलिभिजन कार्यक्रा पनि चलाएको छु भने म्युजिक भिडीयो तथा बिज्ञापन चलचित्रमा अभिनय पनि गरेको छु। तर पनि आफुलाई चिनाउनु पर्दा एक कलाकार भनेरनै चिनाउन चाहान्छु।

SUBSCRIBE 👉