म सेक्सी भए पनि अहिलेसम्म कुमारी नै छु – मोडल रेखा पुरी


rekha-puri

रेखा पुरी । मोडल तथा भी. जे. संगको कफी गफ:

रेखालाई पोखराकै हट र सेक्सी मोडल भन्छन् नि ?
त्यो त हेर्ने मानिसले भन्ने कुरा हो नि ! तर म हट र सेक्सीभन्दा पनि स्लिमचाहिँ छु।

रेखाको फिगर, आँखा, अनुहार, पहिरनमध्ये के कुरा सेक्सी ?
मेरो आँखा सेक्सी। किनभने हरेक कुरा आँखाले बोल्छ। सेक्स अपिल भन्ने कुरा पनि आँखामै हुन्छ। मेरो आँखामा सेक्स अपिल छ भन्नेहरू धेरै भेटेकी छु।

स्लिम फिगर हुनेहरू सामान्यभन्दा बढी नै सेक्सी हुन्छन् भनिन्छ नि ?
मैले पनि त्यस्तै सुनेकी छु। म पनि सेक्सी नै छु। अँ…म सेक्सी भए पनि अहिलेसम्म कुमारी नै छु भन्ने कुरा पनि यहाँ स्पष्ट पार्न चाहन्छु।

प्रेममा सेक्स अनिवार्य छ कि छैन ?
म त छैन भन्छु, किनभने प्रेम भनेको भावना हो। प्रेम भएपछि त्यस्तो सम्बन्ध स्थापित हुनु सामान्य होला तर प्रेममा सेक्स अनिवार्य हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ।

विवाहसम्म कुमारी नै रहने योजना हो ?
त्यो त मनको कुरा हो। सकेसम्म विवाहपछि नै त्यस्तो सम्बन्ध राखेको राम्रो। नभए राम्रो व्यक्ति, जो सँग पछि विवाह हुने निश्चित छ, त्यस्तो व्यक्तिसँगको शारीरिक सम्बन्धमा म खासै हानि देख्दिनँ।
(कान्तिपुर साप्ताहिक बाट साभार गरिएको) फोटो सौजन्य : नेट नशा डट कम

SUBSCRIBE 👉