सेक्सका कुरा त खुलेरै गर्नु राम्रो – दिपशिखा खड्का


dipshikha-khadka-nepali-hot-modelम्युजिक भिडियोमार्फत कलाकारिता फाँटमा उदाएकी दीपशिखाले अभिनय गरेको चलचित्र हो “प्रेम विवाह” । एनी हाउ नाम कमाउ !! भन्छिन् दीपशिखा । उनलाई परिवारबाट पनि राम्रो साथ मिलेको छ रे । ग्ल्यामरनेपाल डट कम का लागि राजन घिमिरे संग को कुराकानी मा उनले भनिन्, जसरी पनि हिट हिरोइन बन्नु छ मलाई ।

हिट हिरोइन भनेकोचाहिँ कस्तो हिरोइन हो नि ?
– सबैले चिन्ने अनि सबैबाट वाहवाही कमाउने ।

चर्चाकै लागि त जे गर्दा पनि भयो नि ?
– त्यस्तो जथाभावी काम गरेर नाम कमाउनु छैन मलाई । कलाकारितामा स्वाभिमानका साथ नाम कमाउने नि ।

“प्रेम विवाह”मा काम त गरियो, वास्तविक जीवनमा पे्रम गरिएको छ कि छैन नि ?
– तपार्इंले भनेजस्तो पे्रम जालमा परेकी छैन । क्यारियर बनाउने समयमा कहाँ पे्रमको चक्करमा पर्ने ।

किन, प्रेम ले मान्छे बिगार्छ र ?
– त्यसो होइन । तर, क्यारियर बनाउने समयमा अहिले पे्रमसम्बन्धमा पर्दा काममा अवरोध आउँछ कि भन्न मात्र खोजेको ।

आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– धेरै छन्, तर मैले पनि लगाउनु पर्यो नि ।

आजभोलिका युवती सेक्सबारे खुलेर कुरा गर्छन् नि किन होला ?
– कुरा गर्न पनि किन लुकिछिपी गर्नुपर्यो !

भनेपछि दीपशिखा पनि कुरा गर्न नलजाउने ?
– किन लजाउनु ? विकृति पो ल्याउनुभएन ।

धेरै नयाँ युवती त कलाकारिताको नाममा केटा फसाउनेतिर पो लागेको पाइयो ?
– त्यस्ता पनि छन् । सबै राम्रा हुन भन्न सकिन्न ।

कसरी पट्टिन्छन् केटाहरू ?
– अहिलेसम्म मैले त्यो धन्दामा ध्यान दिएकी छैन, त्यो त पट्याउनेलाई नै सोध्नुस् ।

अनि कसरी चलेको छ नि घरपरिवार ?
– त्यो मेरो चिन्ता हो ।

फिल्म लाइनमा लागेर बाँच्न सकिएला त ?
– नसकिने भएको भए किन म यही क्षेत्रमा क्यारियर बनाउँछु भनेर लाग्थेँ र ?

SUBSCRIBE 👉