सांगीतिक यात्रामा बनाए सत्यस्वरुपले गीत


Song-of-Satyaswroup
ग्ल्यामर नेपाल, काठमाडौं । यूके यात्रामा रहँदा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक दाजुभाई सत्य–स्वरुपराज आचार्यले एउटा नयाँ गीत तयार पारेका छन् । रामपुर कृषि क्याम्पसमा अध्ययन सकेर हाल युकेको स्कटल्याण्ड पुगेकी संगीता पण्डित कार्कीले लेखेको ‘नजर भरी प्रीत बोकी बाहुपाश फैलाएर’ बोलको गीतमा गायक दाजुभाईले उतै स्वर भरेका हुन्।

आफ्नो सांगीतिक प्रस्तुतीका लागि स्कट्ल्यान्डको एबर्डीन पुगेका उनीहरुले गीतको शब्द सुन्ने बित्तिकै गाउने निधो गरेका थिए । ‘संगीताजीका शब्दहरुले कता कता मन छोयो अनि यसै संगीत फुर्यो, यो गीतका शब्दहरु साँच्चै सरल र पृथक छन् ।’ गायक दाजुभाईले एकसाथ भने ।

गीतकार कार्कीले भने गीतका शब्दहरुमा भनिएझै सत्यस्वरुपको संगीत र स्वरुपराज आचार्यको स्वरले आफना शब्दहरुमा प्राण भरेको दाबी गरिन् । अमोस तामाङको एरेन्जेमेन्ट रहेको यो गीतको म्युजिक भिडियो चाँडै बन्ने गीतकारले बताईन् ।

SUBSCRIBE 👉