बागमती सफाईमा सुन्दरीहरु


Bagmati-Photo
ग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको ‘टिभिएस जुपीटर मिस इकलेज २०१४’ मा सहभागी २४ प्रतियोगीहरुले शनिवार टेकुस्थित बागमती नदी सरसफाइ गरेका छन् ।

कार्यक्रममा मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बागमती सरसफाइको लागि मुख्य सचिव लिलामणि पौड्याललाई २५ थान डोको हस्तान्तरण गरेका थिए । मिडियाले गरेको विभिन्न सौन्दर्य प्रतियोगीताहरुमा सुन्दरीहरुलाई निरन्तर रुपमा बागमती सरसफाई अभियानमा सहभागी गराउँदै आएको छ । साथै आगामी हप्ता सामाजिक कार्य अन्तर्गत नेपाल पुलिस हेल्थ क्लबमा मिस इकलेजमा सहभागी प्रतियोगीहरुको प्रत्यक्ष सहभागितामा रक्तदान कार्यक्रम पनि सन्चालन गरिने वन्तले बताए ।

Bagmati-photo1

‘नारी व्यक्तित्व, शिक्षा र सुन्दरता’ भन्ने नाराका साथ विगत ५ वर्ष देखि निरन्तर रुपमा कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गरिएको वन्तले दाबी गरे ।

प्रतियोगिताका विजेताले शीर्ष ताजसहित १ लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा ५० हजार बराबरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने बर्ड मोवाइल फोन साथै विभिन्न गिफ्टहयाम्परहरु र छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि आगामी असोजको पहिलो हप्ता नाचघर जमलमा विजेता छनौट गरिनेछ ।

SUBSCRIBE 👉