सुधा प्रथम, बराल, जंगम र देशार वर्षका उत्कृष्ट


Gajal-Gayan
ग्ल्यामर नेपाल, काठमाडौं । राजधानीमा भएको ‘दोस्रो राष्ट्रिय गजल गायन प्रतियोगिता २०७१’ मा गायिका सुधारत्न प्रथम भएकी छन् । गजल प्रवद्र्धक मोतिराम भट्टको सम्मानार्थ एवं दाङका बाढीपीडितहरुको सहयोगार्थ रापती समाजले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट १० गजलहरुबाट सुधा रत्नको गजल गायन प्रथम बनेको हो ।

गायिका सुधा रत्नको गायनलाई उत्कृष्ट मान्दै निर्णायकहरुले प्रथम बनाएपछि सुधाले १० हजार ५ सय राशी पनि प्राप्त गरिन्। विपिन घिमिरेको गायनले दोस्रो स्थान चुम्यो भने सुदीप बरालको तेश्रो र गोपाल तामाङले सान्त्वना स्थान सुरक्षित गरे । उनीहरुले क्रमशः ७ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय राशी प्राप्त गरे । प्रतियोगितामा बुँद रानाको गजल ‘उत्कृष्ट गजल’ ठहरियो भने वरिष्ठ संगीतकार धनबहादुर गोपालीको संगीत ‘उत्कृष्ट गजल संगीत’ बन्यो ।

Samman-Patra

रापती समाज काठमाडौंले प्रत्येक वर्ष आयोजना गर्दै आएको गजल गायन प्रतियोगितामा यस वर्ष पनि गजल गायनमा दर्जनौं गजल सहभागी भएका थिए । गजल प्रतियोगितामा संगीतकार शक्ति बल्लभ, गजलकार रवी प्राञ्जल र गायक नरेन्द्र प्यासी निर्णायकका रुपमा रहेका थिए । कार्यक्रमको सभापतित्व रापती समाजका अध्यक्ष शशि शर्मा मगजैयाँले गरेका थिए भने प्रमुख अतिथि गजलकार ललिजन रावल रहेका थिए ।

रापती समाजले दोश्रो गजल गायन प्रतियोगिता २०७१ को अवसर पारेर गजलको तीन विधालाई सम्मान गरेको थियो । वर्षको उत्कृष्ट गजल रचनातर्फ ‘मर्ने कसैलाई रहर हुँदैन’ गजलबाट डा. कृष्णहरी बराललाई ‘वर्षको उत्कृष्ट गजल रचना’को सम्मान गरिएको थियो । त्यस्तै गायिका निशा देशार ‘वर्षको उत्कृष्ट गजल गायिका’ बनेकी छिन् भने संगीतकार दीपक जंगमको संगीत ‘वर्षको उत्कृष्ट संगीत’ बनेको छ । देशार र जंगम ‘यति धेरै’ बोलको गीतबाट उत्कृष्ट बन्न पुगेका हुन् । सम्मानितहरुलाई १ हजार ५ सय राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । त्यसैगरी राप्ती क्षेत्रबाट गजलमा योगदान गरेवापत पूर्ण पंकजलाई अभिनन्दन गरिएको थियो भने २०७० मा गजल गायनमा प्रथम स्थान चुमेका गायक शरद अधिकारी सागरलाई पनि अभिनन्दन गरिएको थियो ।

SUBSCRIBE 👉